चिन्नु
Romanized: chinnu, cinnu
चिन्नु (chinnu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चिन्नु(१)
(सकर्मक क्रिया)
१..
कसैको स्वभावको जानकारी हुनु; आनीबानी थाहा पाउनु।
२..
जान्नु वा थाहा पाउनु; परिचय पाउनु; पहिचान्नु।
चिन्नु(२)
(सकर्मक क्रिया)
१..
घर, पर्खाल आदिको गारो लगाउनु, बनाउनु।
२..
तह वा खात मिलाएर राख्नु।
चिन्नु(३)
(सकर्मक क्रिया [चिन्+नु])
1.
ढुङ्गामाथि ढुङ्गा राखेर घरको गारो लगाउनु; बनाउनु; निर्माण गर्नु।