चिम्टी

Romanized: chimti, chimtee, chimtii, cimtee

छालामा बिझेको काँडो झिक्ने सानो दुइचोसे साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिम्टा+ई]

१.
छालामा बिझेको काँडो झिक्ने सानो दुइचोसे साधन।
२.
गहना बनाउँदा धातुका ससाना टुक्रा टिप्ने वा घडी, रेडियो आदि बनाउँदा ससाना पुर्जा टिप्ने काममा प्रयोग गरिने सानो हाते चिम्टा।
३.
चिउँटी ।
४.
स्वास्नीमानिसहरूले केश टिप्नका लागि प्रयोग गर्ने धातुका ससाना चिम्टा; सेप्टी।

सम्बन्धित शब्दहरू