चैत
Romanized: chaita, chait, cait, caita
चैत (chaita) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चैत(१)
(नाम [संस्कृत चैत्र])
1.
चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना; फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत।
चैत(२)
(नाम [चइत८ संस्कृत चरित्र])
1.
नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य (राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.)।