चौका

Romanized: chaukaa, chauka, chauk, cauk

चौका (chaukaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चौका(१)

(नाम [संस्कृत चारुष्क])
1.
छोटाछोटा सिङ र खैरो वर्ण हुने एक जातको मृग।

चौका(२)

(नाम [संस्कृत चतुष्क])
१..
जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि)।
२..
चारैतिर बराबर गरी माटो वा काठद्द्वारा बनाइएको, बस्ने ठाउँ वा साधन।
३..
भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड।
४..
धर्मकार्यका लागि बनाएको मण्डप।

सम्बन्धित शब्दहरू