चौतारो
Romanized: chautaaro, chautaro, cautaaro, cautaro
चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चत्वर]
१.
चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ।
२.
वर-पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ।