छरी

Romanized: chhari, chharee, chharii, charee

निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षुरी]

१.
निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था।
२.
खेतबारीका कान्लाकुन्ली एवं डिलआलीहरू छाँटेर चिटिक्क पार्ने क्रिया।
३.
काठ वा बाँसको सानो र छरितो लौरो।
४.
चराहरूका चार नङ्ग्राभन्दा भिन्नै अलि माथि रहेको पाँचौँ नङ्ग्रा।

सम्बन्धित शब्दहरू