छारकाप्रो
Romanized: chhaarakaapro, chhaarakapro, chharakaapro, chharakapro
बोक्सी, डाइनी आदि लागेका रोगीलाई रोगबाट मुक्त गराउनका लागि धपधप बलिरहेको अगुल्टामा धामी झाँक्रीले सालधूपको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोक्सी, डाइनी आदि लागेका रोगीलाई रोगबाट मुक्त गराउनका लागि धपधप बलिरहेको अगुल्टामा धामी झाँक्रीले सालधूपको धुलो हाली भवार्र ज्वाला निकाल्दै उसको शरीर सेकेर गर्ने उपचार।
२.
गोडा आदिमा दम्को परेर वा अन्य कारणबाट भएको पीडा निको पार्नका निम्ति तताएका लोहोरा, खरानी, बालुवा आदिलाई कपडाले बेरेर सेक्न बनाइएको वस्तु।
३.
त्यसैले सेक्ने काम।
४.
झारा टार्ने काम।