छेड्नु
Romanized: chhednu, chednu
कुनै पनि वस्तुको पछिल्तिर छिचोल्ने वा गहिरो प्वाल पर्ने गरी टोड्को बनाउनु, प्वाल पार्नु; छेद पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छेदन]
१.
कुनै पनि वस्तुको पछिल्तिर छिचोल्ने वा गहिरो प्वाल पर्ने गरी टोड्को बनाउनु, प्वाल पार्नु; छेद पार्नु।
२.
कसैलाई मर्म पर्ने वा बिझ्ने गरी उपहासपूर्ण कुरा भन्नु; बेइज्जत हुने गरी उपहास गर्नु; उडाउनु।
३.
प्रसङ्ग उठाउनु; सन्दर्भ खोतल्नु; निहुँ निकाल्नु।