जग
Romanized: jag, jaga
जग (jag) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जग(१)
(नाम)
१..
घर, कटेरो, पुल, चौतारो आदिको जमिनमुनिको गारो लगाउने ठाउँ; घडेरीको फेद; चर।
२..
कामको शुभारम्भ; थालनी।
जग(२)
(नाम [अङ्. ज्याक])
१..
मोटर, कार आदिलाई मर्मत गर्नुपर्दा चक्काको सट्टा भुइँमा टेकाएर बिस्तारै घुमाई गाडीलाई उचाल्ने र थामिराख्ने यन्त्र।
२..
लोटाजस्तो एकातिर समाउने बिंड वा उझिन्डो भएको, पानी उभाउने भाँडो; विशेष प्रकारको सुराही।