जगल्टो
Romanized: jagalto
कोरीबाटी केही नगरी पाल्नाले रूखिएर लट्टिएको कपाल, झाँक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जगर टो]
१.
कोरीबाटी केही नगरी पाल्नाले रूखिएर लट्टिएको कपाल, झाँक्रो।
२.
योगीतपस्वीहरूको कपाल; जटा।
३.
पराल, खर, बाबियो, सनपाट आदि तृणदार घाँसको जथाभाबी पारिएको गुजुल्टो।
४.
सागपात, गुन्द्रुक आदि झुत्रा हुने वस्तुको गुजमुजिएको लट्टा; जगटा।