जन्म
Romanized: janm, janma
प्राणीका स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमास पूरा भएपछि आमाका गर्भबाट भ्रूण बाहिर निस्कने कार्य; प्रसव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीका स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमास पूरा भएपछि आमाका गर्भबाट भ्रूण बाहिर निस्कने कार्य; प्रसव; पैदा।
२.
जीवन; चोला; जिन्दगी।
३.
कुनै संस्था वा निकायको आरम्भ।