जय

Romanized: jay, jaya

कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम; विजय; सफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम; विजय; सफलता।
२.
कल्याण; शुभमङ्गल।
३.
इन्द्रिय वा कुनै पनि अन्य अवस्था वा स्थितिमाथिको जित वा नियन्त्रण; निग्रह।
४.
साठी संवत्सरमध्ये एक।
५.
वैकुण्ठका चार द्वारमध्ये पूर्वद्वारमा रहने दुई द्वारपाल जय र विजयमध्ये जयचाहिँ ।
६.
(विस्मयादिबोधक) जितेको खुसीमा मुखबाट सामूहिक रूपले निकालिने हर्षित ध्वनि।

सम्बन्धित शब्दहरू