जाग्नु
Romanized: jaagnu, jagnu
ब्यूँझनु; निद्रा खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जागा+नु]
१.
ब्यूँझनु; निद्रा खुल्नु।
२.
आफ्नो अवस्थाप्रति सचेत हुनु; जागरूक बन्नु।
३.
बौरनु; बिउँतनु; होसमा आउनु।
४.
तन्त्रमन्त्रमा विश्वास राख्नेहरूका अनुसार भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय हुनु।
५.
झोक्किनु; जङ्गिनु; रन्किनु; जोसिनु।
६.
पलाउनु।
७.
(सकर्मक क्रिया)
खसी, चौंरी आदिको पिठिउँमा सामान लदाएर ओसार्नु; जाख्नु।