जाली

Romanized: jaali, jaalee, jalee, jalii

जाली (jaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जाली(१)

(विशेषण [अरबी जअली])
१..
अर्काप्रति झुटो र कपटपूर्ण व्यवहार गर्ने; जालसाज; कपटी।
२..
नकली (कागतपत्र, नोट, चेक आदि)।
३..
इन्द्रजाल, टुना वा जादु गर्ने; इन्द्रजाली; जालन्धरी; औतारी।

जाली(२)

(नाम [संस्कृत जाल])
१..
बिच बिचमा आँखीझ्यालजस्तो तर ससाना प्वालैप्वाल पर्ने गरी खाली ठाउँ राखेर बुनिएको वस्तु; जाल।
२..
आँखाका नानीमा पर्ने सेतो पर्दा।

सम्बन्धित शब्दहरू