झस्कनु
Romanized: jhashkanu, jhaskanu
कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एकाएक डराउनु वा तर्सनु; झसङ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झसक्क+नु]
१.
कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एकाएक डराउनु वा तर्सनु; झसङ हुनु।
२.
झस्को पस्नु; हुप पस्नु।