टिप
Romanized: tip, tipa
टिप (tip) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टिप(१)
(नाम [टिप्+अ])
१..
व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत; टिपोट।
२..
पोतामा तिर्नुपर्ने एक किसिमको दस्तुर ।
३..
जन्मेको क्षणको दिन, राशि, नक्षत्र आदि लेखिएको टिपन; जन्मपत्रिका; लग्नकुण्डली।
४..
गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ।
५..
डकर्मी वा वज्रकर्मीले दुई इँटको चेपमा दिने टिपकारीको मसला।
टिप(२)
(नाम [अड्])
१..
यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस।
२..
कुनै पनि सेवा गरेबापत कसैलाई दिने अतिरिक्त थप रकम ।
३..
ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्न वा ओसार्न सक्नेजति परिणाम।