ढल्कनु

Romanized: dhalkanu

ठाडो भएको वस्तु केही ढल्नु वा निहुरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल ढलक+नु]

१.
ठाडो भएको वस्तु केही ढल्नु वा निहुरिनु ।
२.
कसैसँग कुनै काम-कुरामा झुक्नु; नुहुनु।
३.
अरूसित आसक्त हुनु; लहसिनु; पक्ष लिनु।
४.
कुनै कारणले टेढिनु।
५.
समय बित्नु; गुज्रनु।

सम्बन्धित शब्दहरू