तुल्याउनु

Romanized: tulyaaunu, tulyaunu

बनाउनु; तयार पार्नु; निर्मित गर्नु; ठिक पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत तुल्य+आउ+नु]

१.
बनाउनु; तयार पार्नु; निर्मित गर्नु; ठिक पार्नु।
२.
गराउनु, पार्नु।
३.
समान पार्नु ।
४.
मही पार्नु।
५.
गर्भाधान गर्नु; वीर्यदान गर्नु।

सम्बन्धित शब्दहरू