थान
Romanized: thaana, thaan, than, thana
थान (thaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
थान(१)
(नाम [संस्कृत स्थान])
१..
देवस्थल; देवदेवीका मूर्ति रहेको ठाउँ; मन्दिर; देवल; देवीथान।
२..
ठाउँ; स्थान।
३..
बाँसको घारी।
४..
एक चौपाया (गाई, गोरु इ.) प्राणीले अर्को चौपाया प्राणीसँग जुध्न तयार भएको स्थिति।
थान(२)
(नाम)
१..
कुनै निश्चित लमाइको कपडा पट्याउँदा वा बेर्दा हुने एकाइ; कपडाको सिङ्गो फर्दा।
२..
वस्तुको सङ्ख्यात्मक एकाइ; गोटा; प्रति; वटा।