दमाहा

Romanized: damaahaa, damaaha, damahaa, damaah

दमाहा (damaahaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दमाहा(१)

(नाम [फारसी दमामा])
1.
पिँधतिर सानो र मुखतिर ठुलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा।

दमाहा(२)

(नाम [संस्कृत दमन])
1.
दमना फूलका जस्तै फूल फुल्ने, पहाडी भेगमा हुने एक जातको बोट; सोही बोटको फूल; दमौरो।

सम्बन्धित शब्दहरू