दल
Romanized: dal, dala
दल (dal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दल(१)
(नाम [संस्कृत])
१..
अन्न वा फलका दानामा बीजस्वरूप, नाथ्रीका रूपमा रहेका फग्ल्याँटा; द्विदल वा एकदल नाथ्री हुने वस्तुको गर्भपत्र।
२..
फूलका पात वा पत्ती।
३..
पात, पत्र।
४..
मानव वा मानवेतर प्राणीको जमात; गठ; समूह।
५..
वैचारिक दृष्टिले सहमत हुन सक्ने समूहमा एकत्रित पार्टी; राजनीतिक दल; गुट; मण्डली।
६..
सेनाको एक समूह वा गुल्म।
दल(२)
(नाम [संस्कृत])
1.
हठयोगका अनुसार योग गर्ने शरीरभित्रको चक्र; षट्चक्रको पत्र।