दामल
Romanized: daamala, daamal, damal, damala
दामल (daamala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दामल(१)
(नाम [संस्कृत यमल])
1.
जोडी उमेरका; समकालीन; समवयस्क; दौंतर; दाँवल ।
दामल(२)
(नाम [अरबी दायमुलहब्स])
१..
राणाकालमा प्रचलित, कुनै ठुलो अपराधी वा विद्रोहीलाई शरीरमा 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय।
२..
धातुको तताएको मुद्राले डाम्ने काम।