दारु

Romanized: daaru, daru

दारु (daaru) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दारु(१)

(नाम [संस्कृत])
१..
बाल्न टुक्र्याइएका फिँजामिजा; दाउरा; समिधा।
२..
देवदारु; धुपी।
३..
काठको काम गर्ने कालिगड; सिकर्मी।
४..
उदारमना व्यक्ति।
५..
(विशेषण) दानशील; दाता; दानी।

दारु(२)

(नाम [फारसी दारू])
1.
घरेलु साधन तथा काइदाअनुसार तयार गरिएको रक्सी; निम्न कोटिको मदिरा; ठर्रा।

सम्बन्धित शब्दहरू