दिव्य

Romanized: divy, diwya, diwy, dibya

स्वर्गसँग सम्बन्धित; स्वर्गीय; अलौकिक; दिब्बे; अतिप्राकृतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्वर्गसँग सम्बन्धित; स्वर्गीय; अलौकिक; दिब्बे; अतिप्राकृतिक।
२.
आकाशसित सम्बन्ध राख्ने; आकाशीय।
३.
दैवी; ईश्वरीय।
४.
चहकिलो; प्रकाशमान्।
५.
अति राम्रो सुन्दर मनोहर।
६.
असल गुणयुक्त; उत्तम।
७.
(नाम) प्राचीन कालमा मान्छेका गुणदुर्गुण र दोषनिर्दोष चरित्रको निक्र्यौल गर्नुपर्दा आगो, विष वा जल आदिद्वारा गरिने एक परीक्षा ।
८.
वाचा; किरिया; शपथ।
९.
साहित्यमा, तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक (इन्द्र, राम, कृष्ण आदि)।

सम्बन्धित शब्दहरू