दीप
Romanized: dip, deepa, deep, diip
घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते; पाँचसुते,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते; पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती।
२.
मसान; चिराक।
३.
कुनै कुल वा वंशको सर्वश्रेष्ठ पुरुष।
४.
दियो; दीपक।