दोष
Romanized: dosha, dosh, dos, dosa
कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी, दुर्गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी, दुर्गुण।
२.
नैतिक वा कानुनी दृष्टिले अपराध मानिने कुनै अभियोग, कलङ्क वा लाञ्छना।
३.
अपराध; कसुर।
४.
फत्तुर; खोट; अत्तो।
५.
कलङ्क; दाग।
६.
भुल; अशुद्धि।
७.
मिसावट; कसर।
८.
आयुर्वेदका अनुसार शरीरमा वात, पित्त र कफबाट हुने प्रकोप।
९.
सोझै वा अर्थलाई दूषित गराएर काव्यको गुण वा रसको आस्वादनमा हानि गराउने कुरा; रसको अपकर्षक तत्त्व (काव्यदोष, अर्थदोष, रसदोष आदि)।