दौडाहा
Romanized: daudaahaa, daudaaha, daudahaa, daudaah
बराबर यताउति वा चारैतिर घुमफिर गर्ने काम वा अवस्था; भ्रमण; चक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दौरा]
१.
बराबर यताउति वा चारैतिर घुमफिर गर्ने काम वा अवस्था; भ्रमण; चक्कर।
२.
आफ्ना मातहतका इलाकाहरूको जाँचबुझ वा रेखदेख गर्नाका निम्ति सम्बन्धित उच्च अधिकारीहरू घुम्न जाने काम।
३.
जिल्लाको स्थिति वा समस्या बुझी ठाडो कारबाई गर्न विशेष अधिकारसम्पन्न व्यक्ति वा समुदायलाई खटाउने काम।
४.
त्यस्तो कारबाई गर्न खटिई गएको व्यक्ति वा समुदाय।
५.
पहिलेपहिले मोफसलका मुद्दामामिला हेर्न वा उजुबाजुर सुनी छिटो कारबाई गर्न केन्द्रबाट खटिएको अधिकारी वा अधिकारीवर्ग ।
६.
बिचबिचमा कडा आक्रमण गर्ने रोग (हैजा, महामारी इ.)।