धन
Romanized: dhan, dhana
जीवननिर्वाहमा सहायता पुऱ्याउने र कमाउन वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान् पदार्थ;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवननिर्वाहमा सहायता पुऱ्याउने र कमाउन वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान् पदार्थ; सम्पत्ति (खेत, जमिन, घर, रुपियाँपैसा इ.)।
२.
यथेष्ट मात्रामा रहने उक्त प्रकारको कुनै चिज (गोधन, अश्वधन इ.)।
३.
कुनै वस्तुसँग विनिमय गर्न सकिने वा लगानी गरिने र लोकव्यवहारमा प्रचलित मुख्य रूपले चाँदी, तामा, पित्तल, सुन आदिको सिक्का, रुपियाँपैसा।
४.
विद्या, बुद्धि, धर्म, कर्म आदि।
५.
प्राणसमान परमप्रिय व्यक्ति (उदा.- आफ्ना जीवनधन नै बिलाएपछि बिचरी के गरून् !)
६.
जन्मकुण्डलीमा जन्मलग्नबाट दोस्रो स्थान।
७.
गणितमा जोड्ने वा मिलाउने चिह्न; जोड (+)।
८.
हिसाबकिताबमा कसैका नाउँमा जम्मा भएको रकमकलम; (क्रेडिट)।
उदाहरण वाक्य
- आफ्ना जीवनधन नै बिलाएपछि बिचरी के गरून् !