धागो
Romanized: dhaago, dhago
रुवा आदिलाई चर्खा वा मेसिनमा कातेर बनाइएको डोरो; सुत; सूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत तग्ग, हिन्दी तागा]
१.
रुवा आदिलाई चर्खा वा मेसिनमा कातेर बनाइएको डोरो; सुत; सूत्र।
२.
आइमाईले चुल्ठामा लगाउने बत्तु आदि जडिएको सुतहरूको गुच्छो।
३.
विशेष किसिमको सूत्र।
४.
माकुराले जाल बनाउन निकालेको मसिनो डोरो।