धान्नु
Romanized: dhaannu, dhannu
कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत धारण]
१.
कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु।
२.
एक वस्तुले अर्को वस्तुलाई थाम्नु; अड्याउनु।
३.
कुनै वस्तु निश्चित समयसम्म टिक्नु; खप्नु।
४.
र्धारित साधनले निर्वाह गर्नु; काम चल्ने किसिमले पुऱ्याउनु; टार्नु।
५.
कुनै काम निर्धारित समयमा समाप्त गर्नु; भ्याउनु।