धृति
Romanized: dhriti, dhrti
धारण गर्ने भाव, गुण वा शक्ति; धैर्य; धीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धारण गर्ने भाव, गुण वा शक्ति; धैर्य; धीरता।
२.
समाउने क्रिया; ग्रहण गर्ने काम।
३.
स्थिरता, अचलता।
४.
गौरी आदि सोह्र मातृकामध्ये एक।
५.
ज्योतिषशास्त्रअनुसार एक योग।
६.
एक पाउमा अठार अक्षर हुने छन्दका सबै भेद।
७.
चन्द्रमाका सोह्र कलामध्ये एक कलाको नाम।
८.
वास्तु वा मूर्तिकलामा प्रयोग हुने, एक अङ्गुल वा मात्राको नब्बे गुना बराबरको नाप; गतिको तीन गुना बराबरको नाप; दिक्, आयुध, नाडी वा प्रादुर्भावको नौ गुना बराबरको नाप; नब्बे अङ्गुल बराबरको नाप।