ध्वनि
Romanized: dhwani, dhbani, dhvani
कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द।
२.
कुनै अर्थ वा आशय नखुल्ने शब्द वा आवाज (पशुको ध्वनि, बादलको ध्वनि इ.)।
३.
कुनै ठाउँमा शब्द थर्कंदा फर्केर आउने आवाज; प्रतिध्वनि; घन्को।
४.
कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ; गूढार्थ; व्यङ्ग्यार्थ; ध्वन्यार्थ।
५.
मुखबाट उच्चरित हुने आवाज।
६.
कुनै अवस्थामा पनि खण्डित हुन नसक्ने भाषाको निम्नतम एकाइ।