नाइके
Romanized: naaike, naike
ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नायक]
१.
ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति।
२.
कुनै पनि कामको अगुवा; नायक।
३.
कुनै दल वा समूहको प्रमुख व्यक्ति; नेता।
४.
झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइ नाइके।
५.
दाइ नाइकेभन्दा एक तहमुनिको कैदी; भाइ नाइके।