नाग
Romanized: naaga, naag, nag, naga
घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाम्किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घस्रेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाम्किरो।
२.
पुराणमा कश्यपकी पत्नी कद्रूका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय नामका आठ नाग।
३.
एक प्राचीन राजवंश।
४.
एक प्राचीन देश र त्यसमा बस्ने एक जाति।
५.
(विशेषण)
पर्वतीय; नगमा बस्ने।