नाच्नु
Romanized: naachnu, nachnu, naacnu, nacnu
सङ्गीतका ताल र लयअनुरूप हाउभाउ देखाउँदै हात, गोडा र कम्मर आदि शरीरका अवयवको कलापूर्ण तरिकाले सञ्चालन गर्नु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत नृत्य (+नु)=नर्तन]
१.
सङ्गीतका ताल र लयअनुरूप हाउभाउ देखाउँदै हात, गोडा र कम्मर आदि शरीरका अवयवको कलापूर्ण तरिकाले सञ्चालन गर्नु, नृत्य गर्नु, नाच गर्नु।
२.
यताउति हिँड्नु, भौंतारिनु ।
३.
सोचविचार नगरीकन अर्काको इसारामा चल्नु; अर्काको लहैलहैमा दगुर्नु।
४.
घुम्नु, रिङ्नु।