नाल
Romanized: naala, naal, nal, nala
नाल (naala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाल(१)
(नाम)
१..
घरको फोहोर मैला, जुठो आदि फाल्ने ठाउँ; रछान।
२..
कमलको डाँठ।
३..
नली; ढुङ्ग्रो।
४..
फोहोर पानी बग्ने ठाउँ वा निकास (ढल, हुँड, पाइप आदि)।
५..
बालकका नाभिको आन्द्रो; साललाई नाइटामा जोड्ने अवयव।
६..
बन्दुक, तोप आदिको गोली निस्कने नली ।
७..
थाम वा गारोले छुट्ट्याइने घरको खण्ड।
८..
कोदालीको पासो र पाताका बिचको बाङ्गो भाग।
नाल(२)
(नाम [अरबी नअल])
१..
घोडाका टापमा वा जुत्ताका कुर्कुच्चामा ठोकिने अर्ध-चन्द्राकार फलामे साधन।
२..
जुवा खेलाउनेले खेल्नेहरूसँग लिने बहाल वा दस्तुर ।
३..
एक प्रकारको सरकारी दस्तुर ।