नियम
Romanized: niyam, niyama
परम्परागत नीति, विधि, धार्मिक व्यवस्था आदिद्वारा व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त; रुल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परम्परागत नीति, विधि, धार्मिक व्यवस्था आदिद्वारा व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त; रुल; काइदा।
२.
ऐनकानुनअन्तर्गत कार्यसञ्चालनको विधि; सवाल।
३.
परम्परागत रीति वा व्यवस्था।
४.
कुनै संस्था वा कार्यालय सञ्चालनका लागि तयार गरिएको लिखित कार्यप्रणाली।
५.
पविता, सन्तोष, तपस्या, स्वाध्याय र ईश्वर चिन्तन गरिने, योगका आठ अङ्गमध्ये एक अङ्ग।
६.
अनुशासन।