पञ्चशील

Romanized: panychashila, panychashil, panychasila, panchashila

हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम।
२.
इन्डोनेसिया देशको बाड्डुङ नामक सहरमा अप्रिल, १९५५ इ. मा भएको एसिया र अफ्रिकाका अनेक राष्ट्रको सम्मेलनमा राष्ट्रका पारस्परिक हितका लागि स्वीकार गरिएका, क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक अर्काका देशीय समस्यामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्त्व जस्ता महत्त्वपूर्ण पाँच सिद्धान्त।

सम्बन्धित शब्दहरू