पता
Romanized: pataa, pat, pata
व्यक्तिविशेषको बसोबास भएको ठाउँ-ठेगाना; वतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रस्थ = बस्ती]
१.
व्यक्तिविशेषको बसोबास भएको ठाउँ-ठेगाना; वतन।
२.
चिठी आदि ठिक ठाउँमा पुऱ्याउनका निम्ति खामका बाहिरपट्टि लेखिने नाम, ठाउँ आदि।
३.
परिस्थितिको वा कुनै विषयका रहस्यको ज्ञान; पत्तो।४. रहस्य; भेद, भेउ।
५.
ज्ञान।