परगेल्नु
Romanized: paragelnu
मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग-अलग छुट्ट्याउनु; छान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत परिग्रहण]
१.
मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग-अलग छुट्ट्याउनु; छान्नु।
२.
केलाउनु; अनावश्यक वस्तुलाई फ्याँक्ने र आवश्यक वस्तुलाई राख्ने काम गर्नु।
३.
नाउँ काढेर बोलाउनु, नाउँ किट्नु।