परिपत्र
Romanized: paripatr, paripatra
विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै बेहोरामा पठाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र (सर्कुलर)।
२.
कुनै संस्था वा दलको उद्देश्य, विचार, कार्यप्रणाली आदिका मूल नियम लेखिएको पत्र।
३.
कुनै विषयमा कुनै संस्था वा दलले लिखित रूपमा प्रकट गरेको सम्मति वा विचार।
४.
राष्ट्रहरूका सर्वोच्च स्तरमा भएका कामको बेहोरा सर्वसाधारणलाई अवगत गराउने पत्र (जस्तै- मन्त्रिपरिषद्को परिपत्र)।