परिवर्तन
Romanized: parivartan, pariwartana, pariwartan, paribartana
एक थरी रूप, अवस्था, गुण आदिबाट अर्का थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने क्रिया; हेरफेर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक थरी रूप, अवस्था, गुण आदिबाट अर्का थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने क्रिया; हेरफेर, अदलाबदली।
२.
उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम; सुधार्ने काम।
३.
साटफेर, विनिमय।
४.
फेरो; चक्कर।
५.
चक्कर लगाउने काम; परिभ्रमण।
६.
वर्किने फर्किने काम।
७.
कुनै पुरानो युगको अन्त र नयाँ युगको आरम्भ।