परिवृत्ति

Romanized: parivritti, pariwritti, paribritti, pariwrtti

घुम्ने काम; फेरो लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घुम्ने काम; फेरो लगाउने काम।
२.
घेराइ; बेहाइ; आवेष्टन।
३.
अदलबदल; परिवर्तन; बदलाइ।
४.
सट्टापट्टा; विनिमय।
५.
घटी र बढी वस्तुको साटफेर भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
६.
एक शब्दका ठाउँमा उही अर्थ व्यक्त गर्न अर्को शब्द प्रयोग गर्ने अर्थात् पर्यायवाची शब्द राख्ने काम। (जस्तो- 'कमललोचन' - का स्थानमा पद्मनयन, 'चरणकमल' - का स्थानमा 'पादपद्म' इ.)।

सम्बन्धित शब्दहरू