पाटी

Romanized: paati, paatee, patee, patii

पाटी (paati) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाटी(१)

१..
केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक; काठ वा ढुङ्गाको सिलोट।
२..
दौराका फेरका बिब्ल्याँटापट्टि गाँसिने कपडाको घरो।
३..
हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो।
४..
आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो।
५..
कुनै दुलो परेको ठाउँ बुच्याउन ठोकिने काठको ठेडी।

पाटी(२)

१..
कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका।
२..
परिपाटी; रीति; शैली।
३..
पाटीगणित; अङ्कगणित।

पाटी(३)

१..
बटुवाहरूलाई विश्राम गर्न एवं वास बस्नका निम्ति बनाइएको घर; धर्मशाला; टौवा; ठाँटी।
२..
खाटका लम्बाइ वा चौडाइतिरका चार थान बला।

सम्बन्धित शब्दहरू