पानी
Romanized: paani, paanee, panee, panii
नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत पाणीअ८ संस्कृत पानीय]
१.
नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ; जल; नीर।
२.
झोल; रस।
३.
जिम्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ; आँसु ।
४.
झरी; वर्षा; वृष्टि।
५.
तेज; कान्ति।
६.
टलक; चमक; पाइन।
७.
मान; प्रतिष्ठा।
८.
पुरुषार्थ; वीरता।
९.
अभिमान; ताइँ; घमन्ड।
१०.
वर्ष; साल (जस्तो- दुई पानी खाएको रुख)।
११.
जलवायु।