पुतली

Romanized: putalee, putalii, putali

अनेक किसिमका र रङका हुने, शरीरको मूल भाग भन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुत्तली]

१.
अनेक किसिमका र रङका हुने, शरीरको मूल भाग भन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति।
२.
धानमा लाग्ने सेतो जातको किरो।
३.
काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना।
४.
आँखाका बिचमा हुने कालो भाग; नानी।
५.
डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो।
६.
पुतली फूल।

सम्बन्धित शब्दहरू