पृष्ठभूमि

Romanized: prishthabhumi, pristhabhumi, prishthabhoomi, prshthabhumi

कुनै वस्तु वा कुनै कुराको मूल आधार वा भूमिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा कुनै कुराको मूल आधार वा भूमिका।
२.
पछिल्तिरको जमिन।
३.
कुनै विशेष घटना वा कुराको रूप स्पष्टसँग देखाउने र त्यससँग सम्बद्ध पहिलो घटना वा कुरा।
४.
मुख, मूर्ति वा चित्र आदिको अघिल्लो भागलाई स्पष्ट गराउन काम दिने दृश्य, चित्र वा वर्णनको भाग; मूर्ति वा चित्रको सबभन्दा पछिल्लो भाग।
५.
अङ्कित दृश्य वा घटनाको आधार।
६.
बन्दरगाहपछाडिको क्षेत्र।
७.
सहरवरिपरिको ग्रामीण क्षेत्र।

सम्बन्धित शब्दहरू