पेल्नु
Romanized: pelnu
कोल वा अन्य किसिमका यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रेरण > प्राकृत पेल्लण]
१.
कोल वा अन्य किसिमका यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु।
२.
कोल आदि यन्त्रले खुबसित निचोर्नु वा थिच्नु।
३.
अँचेट्नु; घचेट्नु; ठेल्नु।
४.
थिचोमिचो गर्नु; अरूको अधिकार मिच्ने काम गर्नु; बलप्रयोग गर्नु।
५.
नटेर्नु।