पोल
Romanized: pol, pola
पोल (pol) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पोल(१)
(नाम [अङ्.])
1.
टेलिफोन, बिजुली आदिको तार राख्नका लागि गाडिएको खम्बा।
पोल(२)
(नाम [संस्कृत पल])
1.
धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण।
पोल(३)
(नाम [पोल्+अ])
१..
कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदार वा बेकसुर व्यक्तिलाई देखाउने काम।
२..
अर्काको भित्री कुरा खोल्ने काम।
३..
चुक्ली लाउने काम; चुक्ली।