प्रकृतिवाद
Romanized: prakritivaada, prakritivaad, prakritivada, prakritiwaada
मनुष्यका सम्पूर्ण आचरण, कार्य, विचार आदि प्रकृतिबाट नै पैदा भएका र उसका कामना, प्रवृत्ति आदि पनि प्रकृतिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मनुष्यका सम्पूर्ण आचरण, कार्य, विचार आदि प्रकृतिबाट नै पैदा भएका र उसका कामना, प्रवृत्ति आदि पनि प्रकृतिमा नै आश्रित हुन्छन् भनी मान्ने एक मत।
२.
सृष्टि-जगत्को कारण कुनै दैवीतत्त्व या अलौकिक शक्ति नभएर प्रकृति हो र मनुष्यको धर्म, नीति, आचारजस्ता कुरा पनि दैवी शक्ति वा अलौकिक शक्तिका प्रेरणा नभई प्राकृतिक जगत्बाट नै प्राप्त भएका हुन् भन्ने दार्शनिक सिद्धान्त।
३.
प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपविना निर्वैयक्तिक चित्रण गर्ने कुरामा जोड दिने एक साहित्यिक मत; प्रकृतवाद।